टर्कि सँग अमेरिका पराजित, अमेरिकाको अपराजित यात्राको अन्त्य
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अमेरिकाको अपराजित यात्रा समूह चरणको अन्तिम खेलमा रोकिएको छ। टर्किएसँग ३–२ को बराबरी खेलेपछि अमेरिकाले लगातार जितको शृंखला कायम राख्न सकेन। यद्यपि सात अंकसहित अमेरिका समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
खेलको तेस्रो मिनेटमै अमेरिकाका अस्टो ट्रस्टीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर १०औँ मिनेटमा टर्किएका अरदा ग्युलरले बराबरी गोल फर्काए। त्यसपछि २९औँ मिनेटमा ओर्कुन कोक्चुले गोल गर्दै टर्किएलाई अग्रता दिलाए। दोस्रो हाफमा अमेरिकाका सेबास्टियन ब्रेहल्टरले गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो।
त्यसपछि थप गरिएको समयमा टर्कीले अर्को गोल थपेको थियो । यसअघि अमेरिका समूह चरणको पहिलो खेलमा पाराग्वेलाई ४–१ र दोस्रो खेलमा अष्ट्रेलियालाई २–० ले पराजित गर्दै लगातार दुई जित निकालेको थियो। अन्तिम खेलमा बराबरी खेले पनि सात अंकसहित शीर्ष स्थान सुरक्षित गर्न सफल भयो।
समूहकै अर्को खेलमा अष्ट्रेलिया र पाराग्वेले गोलरहित बराबरी खेले। दुवै टोलीले समान चार–चार अंक जोडे पनि उत्कृष्ट गोलअन्तरका आधारमा अष्ट्रेलिया दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ भने पाराग्वेको यात्रा तेस्रो स्थानमै सीमित रह्यो।
उता, समूह चरणका तीन खेलमध्ये दुईमा हार र एकमा बराबरी खेलेको टर्किए एक अंकमै सीमित रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।







