नेकपा माओवादी केन्द्रको महाधिवेशन तयारी, सचिवालय बैठक सुरु

User Image Prime TV News ११ महिना अगाडि
Image of नेकपा माओवादी केन्द्रको महाधिवेशन तयारी, सचिवालय बैठक सुरु

काठमाडौ । नेकपा माओवादी केन्द्रको महाधिवेशनको तयारी तीव्र बनाएको छ। महाधिवेशन आयोजक समितिको सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँंडामा सुरु भएको छ। बैठकको अध्यक्षता पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् । 

बैठकमा हालैको विपद्पछि पार्टीको गतिविधि, महाधिवेशन मिति, प्रतिनिधि छनोट र अन्य संगठनात्मक विषयमा छलफल हुने बताइएको छ। गत असोज ९ र १० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई विघटन गर्दै महाधिवेशन आयोजक समिति गठन गरेको थियो।

बैठकले आगामी मंसिरको अन्तिम साताभित्र विशेष महाधिवेशन आयोजना गर्ने निर्णय पनि गरिसकेको छ।