चलचित्र ‘हन्टर’ असोज ९ बाट प्रदर्शनमा आउने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली चलचित्र ‘हन्टर’ को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरअनुसार चलचित्र आगामी असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
जीवन सिंहको लेखन तथा निर्देशनमा बनेको चलचित्रको पोस्टरमा मुख्य कलाकार अरुण क्षेत्री र प्रकाश शाहलाई आमनेसामने देखाइएको छ, जसमा उनीहरूको भावमा प्रतिशोधको संकेत झल्किएको छ।
निर्देशक सिंहका अनुसार चलचित्रको कथा नेपाली समाजकै वास्तविक पात्रहरूबाट प्रभावित भएर तयार पारिएको हो। उनले सामाजिक यथार्थ र मानवीय द्वन्द्वलाई कथाको केन्द्रमा राखिएको बताएका छन्। चलचित्रको सम्पादन पनि निर्देशक सिंहले नै गरेका हुन् भने छायांकन (डीओपी) कृष्ण थापाले गरेका छन्।
निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै चलचित्रप्रति दर्शकमा उत्सुकता बढाउने प्रयास गरेको छ।







