आगामी फागुन २१ गते हुने निर्वाचनमा माओवादी केन्द्रले भाग लिने

User Image Prime TV News २ घण्टा अगाडि
Image of आगामी फागुन २१ गते हुने निर्वाचनमा  माओवादी केन्द्रले भाग लिने

काठमाडौ । नेकपा माओवादी केन्द्रले आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने निर्णय गरेको छ।

सोमबार पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकले चुनावमा सहभागी हुने निर्णय गरेको हो। पार्टीका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “हामीले चुनावमा जाने निर्णय गरेका छौँ। यस विषयमा अरु पार्टीहरूसँग पनि छलफल भइरहेको छ। सबै राजनीतिक दलले निर्वाचनमा भाग लिनुपर्छ भन्ने हाम्रो धारणा छ।”

प्रचण्डले भने, पार्टी केन्द्रीय समितिबाट कसरी अघि बढ्ने भन्ने निर्णय भइसकेको छ र माओवादी केन्द्र सक्रियतापूर्वक निर्वाचनमा भाग लिने तयारीमा रहेको छ। उनले थपे, “अहिले अन्य राजनीतिक दलहरूसँग छलफल जारी छ र केही समयपछि त्यसको परिणाम पनि सार्वजनिक हुनेछ।”

जनेजी आन्दोलन पछि सुशीला कार्की नेतृत्वको सरकारले यहि फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तय गरेको थियो । 

यस्तै बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक प्रचण्डले माधब नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपा र महेन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टी विच पार्टी एकताका बारे सकरात्मक रुपमा छलफल भै रहेको जानकारी गराएका छन् । 

असोज ९ र १० गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले समाजवादी मोर्चामा आबद्ध भएका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो । नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको छ । सो पार्टीले असोज २५ गते केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।

एकताबारे छलफल गर्न एकीकृत समाजवादीले असोजको अन्तिम हप्ता केन्द्रीय समिति बैठक बोलाएको छ ।