विश्वकप लिग–२ का लागि नेपाली टोली घोषणा, रोहित पौडेल कप्तान

User Image Prime TV News ३ हप्ता अगाडि
Image of विश्वकप लिग–२ का लागि नेपाली टोली घोषणा, रोहित पौडेल कप्तान

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले नेदरल्याण्ड्समा हुने आईसीसी विश्वकप लिग-२ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ।

टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। घोषित टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम शार्की, अर्जुन कुमार र विनोद भण्डारी रहेका छन्।

त्यस्तै, सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भ खेलाडीका रूपमा राखिएको छ। नेपालले लिग–२ अन्तर्गत नेदरल्याण्ड्समा हुने शृंखलामा महत्वपूर्ण अंक जोड्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछ।