मदन भण्डारीको जन्मजयन्तीमा ओली, प्रचण्ड, माधव नेपाल र झलनाथ एउटै मञ्चमा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमको एउटै मञ्चमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधव कुमार नेपाल र झलनाथ खनाल देखिने भएका छन्।
मदन भण्डारी फाउन्डेसनले असार १४ गते आइतबार राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोह आयोजना गरेको छ। सोही कार्यक्रममा चारै पूर्वप्रधानमन्त्री सहभागी हुने फाउन्डेसनले जनाएको छ।
कार्यक्रममा उपेन्द्र यादव पनि सहभागी हुनेछन्। साथै विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित रहने कार्यक्रम तय गरिएको छ। मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा उनको राजनीतिक योगदानबारे चर्चा गरिनुका साथै विभिन्न विधामा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
मदन भण्डारी र जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुङ्गा दुर्घटनामा निधन भएको थियो।







