सामाजिक संजालमा ओली र लेखक पक्राउको माग, ट्रेन्डिङ ह्यासट्याग सक्रिय

User Image Prime TV News ३ घण्टा अगाडि
Image of सामाजिक संजालमा ओली र लेखक पक्राउको माग, ट्रेन्डिङ ह्यासट्याग सक्रिय

काठमाडौ । जेनजी आन्दोलनका क्रममा सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमा अभियान चलाइएको छ।

जेनजी अभियन्ताहरूले प्रमुख ह्यासट्यागहरू #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS प्रयोग गर्दै नागरिकलाई उक्त अभियानमा सहभागी हुन आब्हान गरेका छन्।

जेनजी अभियन्ता सुदन गुरुङ्ले  पोस्टर राख्दै ओली र लेखकलाई पक्राउ गर्न  दवाव वढाउने अभियानमा सहभागी हुन आब्हान गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको पोस्टरमा ओली र लेखकको फोटो राखेर उनीहरूलाई ‘हत्यारा’ भनेर चित्रित गरिएको छ।

पोस्टरमा “हत्या गर्नेहरूलाई पक्राउ गर्नुहोस्, नत्र कदम चाल्न बाध्य हुनेछौँ” भन्ने सन्देश पनि उल्लेख गरिएको छ ।

यसअघि जेनजी आन्दोलन दबाउन जिम्मेवार रहेको आरोपमा ओलीलगायतलाई राजधानी बाहिर जान रोक लगाइसकिएको थियो। यस विषयमा हालसम्म पार्टी वा सरकारको आधिकारिक प्रतिक्रिया आएको छैन।