मदन भण्डारीको जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एकै मञ्चमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मदन भण्डारीको जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एकै मञ्चमा

काठमाडौ । जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्तीको अवसरमा आज आयोजना हुने कार्यक्रममा प्रमुख कम्युनिस्ट नेताहरू एकै मञ्चमा देखिने भएका छन्।

मदन भण्डारी फाउन्डेसनले असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गरेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल सहभागी हुने कार्यक्रम छ।

कार्यक्रमको प्रमुख आतिथ्य पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ। यस कार्यक्रममा झलनाथ खनाल तथा उपेन्द्र यादव समेत सहभागी हुने भएका छन्।

दुई दिनअघि विराटनगरमा आयोजित कार्यक्रममा प्रचण्डले एमालेसँग सहकार्यको सम्भावनाबारे संकेत गरेपछि आजको साझा उपस्थितिलाई राजनीतिक रूपमा विशेष चासोका साथ हेरिएको छ।

एउटै मञ्चबाट आउने नेताहरूका अभिव्यक्ति र सम्भावित राजनीतिक सन्देशतर्फ पनि ध्यान केन्द्रित भएको छ।