त्रिवि शिक्षण अस्पतालमा असार १५ देखि स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन, ओपीडी सेवा मात्रै उपलब्ध

User Image Prime TV News ३ हप्ता अगाडि
Image of त्रिवि शिक्षण अस्पतालमा असार १५ देखि स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन, ओपीडी सेवा मात्रै उपलब्ध

काठमाडौ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले असार १५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ओपीडी सेवा पुनः सञ्चालन गर्ने भएको छ।

अस्पतालले आइतबार सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत हालका लागि ओपीडी सेवा मात्र सुचारु गर्न लागिएको जनाएको हो। अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बिमाअन्तर्गत ओपीडी टिकट वितरणका लागि निश्चित समय तोकिएको छ।

सेवाग्राहीले बिहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि २:३० बजेसम्म स्वास्थ्य बिमा टिकट काउन्टरबाट टिकट लिन सक्नेछन्। अस्पतालले स्वास्थ्य बिमासम्बन्धी थप जानकारी वा कुनै समस्या भए स्वास्थ्य बिमा तथा सामाजिक सुरक्षा शाखामा सम्पर्क गर्न सेवाग्राहीलाई अनुरोध गरेको छ।

स्वास्थ्य बिमा बोर्डबाट सेवा वापतको रकम समयमै भुक्तानी नभएको भन्दै शिक्षण अस्पतालले गत माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको थियो। करिब छ महिनापछि अस्पतालले बिमाअन्तर्गत ओपीडी सेवा पुनः सञ्चालनमा ल्याउन लागेको हो।