इन्द्रजात्रा लिङ्गो नगर प्रवेश


काठमाडौ । इन्द्रजात्राको लागि काभ्रेको नाला जंगलबाट ल्याइएको यःसी अर्थात लिङ्गो नगर प्रवेश गराइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा यस वर्षको इन्द्रजात्राका लागि लिङ्गोे नगर प्रवेश गराइएको हो । समितिले दिएको साइत अनुसार आइतबार बिहान भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको गुठी संस्थानले जनाएको छ ।
लिङ्गोलाई भाद्र १९ गते बिहान १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वजोत्थान गरिने तय भएको छ । इन्द्रध्वजोत्थान गरेपछि भाद्र २१ गते इन्द्रजात्रा मनाइने वताईएको छ ।जात्राका क्रममा कुमारीलाई तल्लो र माथिल्लो टोलको यात्रा गरिने परम्परा रहेको पनि रहेको छ । जात्राको तयारीस्वरुप श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथ तयारीको कार्य समेत सुरु गरिएको छ ।
तीनै वटा रथ तान्न शुरु गरिने इन्द्रजात्राको मुख्य दिन राष्ट्रप्रमुख वसन्तपुर दरबार क्षेत्रमा जाने परम्परा रहेको छ ।