नेप्से १६.५४ अंकले घट्यो, कारोबार २ अर्ब ६७ करोडमा सीमित

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेप्से १६.५४ अंकले घट्यो, कारोबार २ अर्ब ६७ करोडमा सीमित

काठमाडौ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.५४ अंकले घटेर २,६३२.९६ बिन्दुमा बन्द भएको छ।

आज ३५१ कम्पनीका ७६ लाख ९९ हजारभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ। कारोबारका क्रममा सबै १३ उपसमूहका परिसूचक ओरालो लागेका छन्। फाइनान्स समूह १.१३ प्रतिशत र होटल तथा पर्यटन समूह १.१४ प्रतिशतले घट्दै सबैभन्दा बढी प्रभावित बने।

आज २९ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यद्यपि, तीन कम्पनी टक्सार पिखुवाखोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर र स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले उच्च प्रतिफल प्राप्त गरेका छन्।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो। उक्त बैंकको ८ करोड ८३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यता, स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्। कम्पनीको सेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ।