कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना : २२ जना घाइते, थप उपचारका लागि भैरहवा रिफर

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना : २२ जना घाइते, थप उपचारका लागि भैरहवा रिफर

काठमाडौ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको बस अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ। उक्त बस शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालन हुँदै आएको थियो।

दुर्घटनामा चालकसहित २२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।

घाइतेहरूलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ। बसमा चालकसहित ४६ जना सवार रहेकोमा बाँकी २४ यात्रुलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ।

दुर्घटनापछि क्रेन प्रयोग गरेर बस हटाइएको र सडक दुवैतर्फ पुनः सञ्चालनमा आएको छ ।