सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँले घटेको हो।
महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। सोमबार सुन प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ।
मंगलबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार २८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।







