रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले बुधबार शपथ लिने
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन्।
महामन्त्री विपिन आचार्यका अनुसार चितवनको भरतपुरमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रम बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, घण्टीघरमा आयोजना गरिएको छ।
शपथ ग्रहणपछि केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ। बैठकमा मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्य चयनलगायत समसामयिक संगठनात्मक विषयमा छलफल हुने जनाइएको छ। गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो।
सभापति लामिछानेले भने महाधिवेशनस्थल भरतपुरमै शपथ ग्रहण गरिसकेका छन्।







