विष्णु पौडेलको रिटमा सुनुवाइअघि दीपक भट्टको फाइल मगायो सर्वोच्चले

User Image Prime TV News ३ हप्ता अगाडि
Image of विष्णु पौडेलको रिटमा सुनुवाइअघि दीपक भट्टको फाइल मगायो सर्वोच्चले

काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइका क्रममा सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टसँग सम्बन्धित फाइल झिकाउन आदेश दिएको छ।

मंगलबार भएको प्रारम्भिक सुनुवाइका क्रममा इजलासले भट्टको मुद्दासँग सम्बन्धित कागजात अध्ययन आवश्यक देखिएकाले फाइल पेस गर्न आदेश दिएको हो। आदेशपछि पौडेलको रिटमाथिको अन्तिम सुनुवाइ भने अर्को मितिका लागि सरेको छ।

पौडेलका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अदालतबाट प्राविधिक प्रकृतिको आदेश भएको जानकारी दिँदै अब फाइल प्राप्त भएपछि मात्रै रिटमाथिको थप सुनुवाइ अघि बढ्ने बताए। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका पौडेल हाल हिरासतमा छन्।

उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले असार १० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सर्वोच्च अदालतले दीपक भट्टको मुद्दासँग सम्बन्धित कागजात अध्ययनपछि मात्रै रिटमाथि थप सुनुवाइ गर्ने अपेक्षा गरिएको छ।