मकवानपुर, बागमती गाउँपालिका–४ मा माइक्रोबस दुर्घटना, १६ यात्रु घाइते
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेमा आज बिहान भएको माइक्रोबस दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्।
सिन्धुलीबाट हेटौँडा तर्फ आउँदै गरेको म प्र०२–००१ ज ००७२ नम्बरको माइक्रोबसले भित्री बाटोबाट हाइवेको तर्फ निस्कँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदै अनियन्त्रित भएर सडकको करिब १५ फिट तल खोल्सामा खस्दो दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन्। घटनापछि, घाइते यात्रु र मोटरसाइकल चालकलाई तत्काल उद्धार गरि स्थानीय पोलिक्लिनिक र सहकारी अस्पतालमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।







