सुन–चाँदीको मूल्यमा पुनः गिरावट
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्यमा पुनः गिरावट आएको छ। मंगलबार उल्लेख्य रूपमा घटेको सुनको भाउ बुधबार पनि प्रतितोला ६ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। यससँगै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने बुधबार सुन प्रतिऔंस ३ हजार ९ सय ७२ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ।







