नेप्सेमा ४४ अंकको उछाल, सात दिनपछि बजारमा हरियाली

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेप्सेमा ४४ अंकको उछाल, सात दिनपछि बजारमा हरियाली

काठमाडौ । लगातार सात कारोबार दिन घट्दै आएको सेयर बजार बुधबार भने उकालो लागेको छ। आज नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा पुगेको हो, जुन १.७० प्रतिशतको वृद्धि हो।

कारोबार बन्द हुँदा २५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको मूल्य घटेको छ। ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ। यसैगरी, सेन्सेटिभ इन्डेक्स पनि ५.७७ अंकले बढेर ४५८.५७ विन्दुमा पुगेको छ।

आज बजारका सबै १३ उपसूचकमा वृद्धि देखिएको छ, जसले समग्र बजारमा सकारात्मक धारणा रहेको संकेत गरेको छ। कारोबार रकम पनि उल्लेख्य रह्यो। बुधबार कुल ३ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ३६२ कम्पनीका ९५ लाख ४७ हजार ६७८ कित्ता सेयर ५६ हजार ८५० पटक खरिद–बिक्री भएका हुन्।

बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको नेप्सेले जनाएको छ।