अमेरिका अन्तिम १६ मा, अब बेल्जियमसँग भिड्ने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत आयोजक राष्ट्रमध्ये एक अमेरिकाले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० गोल अन्तरले पराजित गर्दै प्रि–क्वार्टरफाइनल चरणमा प्रवेश गरेको हो। खेलको ४४औँ मिनेटमा फ्लोरियन बलुगनले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाए।
उनले ३१औँ मिनेटमै बल जालीमा पुर्याएका थिए, तर अफसाइडका कारण उक्त गोलले मान्यता पाएन। दोस्रो हाफमा पनि अमेरिकाले खेलमा नियन्त्रण कायम राख्यो।
७९औँ मिनेटमा क्रिस्टियन पुलिसिकको प्रहार जालीमा पुगे पनि अफसाइड निर्णयका कारण गोल रद्द भयो। त्यसपछि ८१औँ मिनेटमा मलिक टिलम्यानले गोल गर्दै अमेरिकाको जित सुनिश्चित गरे।
खेलका क्रममा ६४औँ मिनेटमा बलुगनले रातो कार्ड पाएपछि अमेरिका केही समय १० खेलाडीमा सीमित भएको थियो। यो जितसँगै अमेरिका अन्तिम १६ मा पुगेको छ।
अब अमेरिकाले अर्को चरणमा बेल्जियमको सामना गर्नेछ। बेल्जियमले यसअघि सेनेगलविरुद्ध नाटकीय पुनरागमन जित निकाल्दै अर्को चरणमा स्थान बनाएको थियो ।







