खामेनीको हत्याको बदला लिने इरानको घोषणा

User Image Prime TV News २ हप्ता अगाडि
Image of खामेनीको हत्याको बदला लिने इरानको घोषणा

काठमाडौ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको बदला लिने घोषणा गरेको जनाएको छ।

इरानी सरकारी सञ्चारमाध्यममा प्रकाशित सन्देशअनुसार परिषद्का सचिव मोहम्मद बाकर जोलकद्र ले हस्ताक्षर गरेको वक्तव्यमा जिम्मेवार पक्षसँग प्रतिशोध लिइने उल्लेख गरिएको छ।

बीबीसी लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त सन्देश सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको बताइएको छ। वक्तव्यमा खामेनीको मृत्युको जवाफ दिने प्रतिबद्धता दोहोर्याइएको छ।

इरानी सरकारी विवरणअनुसार खामेनीको मृत्यु २०२६ फेब्रुअरी २८ मा अमेरिकी–इजरायली संयुक्त हवाई आक्रमणमा भएको दाबी गरिएको थियो। त्यसपछि इरानले राष्ट्रिय शोक घोषणा गरेको थियो।

हाल खामेनीको अन्त्येष्टि तथा शोक कार्यक्रम तेहरान, कोम र मशहदमा आयोजना गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो घटनापछि क्षेत्रीय तनाव र कूटनीतिक गतिविधि दुवै बढेको अवस्था देखिएको छ।