साउन १ देखि काठमाडौंमा ‘ब्लु बस’ सेवा सुरु हुँदै, पहिलो चरणमा आठ बस सञ्चालन
Prime TV News २ हप्ता अगाडि 
काठमाडो । आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा आठवटा ‘ब्लु बस’ सञ्चालन गर्ने तयारी गरिएको छ।
महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्यसहित सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत यो सेवा सुरु गर्न लागिएको हो। पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलका अनुसार पहिलो १०० दिनभित्र २५ वटा बस सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयसँग राय तथा सहमतिका लागि पत्राचार गरिसकेको छ। अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि पहिलो चरणमा साउन १ गतेदेखि बस सेवा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा दुई वटा, थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा दुई वटा तथा चक्रपथ (रिङरोड) क्षेत्रमा चार वटा बस सञ्चालन गरिनेछ। रिङरोडमा चल्ने चारमध्ये दुई वटा बस क्लकवाइज र दुई वटा एन्टिक्लकवाइज दिशामा सञ्चालन हुने जनाइएको छ।







