विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज

User Image Prime TV News २ हप्ता अगाडि
Image of विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज

काठमाडौ । सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेलको हिरासतलाई गैरकानुनी भन्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ।

पौडेलकी पत्नी दोमाया पौडेलले सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले दिएको अनुमतिविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासले बिहीबार रिट खारेज गर्ने निर्णय गरेको हो। यसैबीच, विशेष अदालतले पनि बिहीबार नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेको छ।