नेपालमा पूर्वसूचना प्रणालीको अभावले वर्षेनी बढ्दै गएको प्राकृतिक विपद् क्षति
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । प्राकृतिक विपद्का कारण नेपालमा प्रत्येक वर्ष ठूलो जनधनको क्षति हुन पुगिरहेको छ। आधुनिक मौसम पूर्वानुमानका लागि आवश्यक प्रविधि र उपकरण नहुँदा प्रभावकारी पूर्वसूचना प्रणालीको विकास हुन सकेको छैन। यसले गर्दा विपद्का बेलामा समयमै सूचना प्रवाह हुन नसक्दा क्षति न्यूनीकरण गर्न समस्या भइरहेकै छ।
गत शुक्रवार र शनिवार परेको अविरल वर्षाले फेरि एकपटक पूर्वसूचना प्रणालीको कमजोरीलाई उजागर गरेको छ। देशका विभिन्न क्षेत्रमा समयमै चेतावनी नपुग्दा बाढी र पहिरोले ठूलो नोक्सानी पुर्याएको विज्ञहरूले बताएका छन्।
मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभाव रहिरहने भएकाले कहिले पनि विपद् आउन सक्ने जोखिम कायम रहने मौसमविद्हरुले बताएका छन् । तथापि, यस वर्ष ठूला विपद् आउन सक्ने सम्भावना अहिलेका लागि कम रहेको उनीहरुको भनाई छ ।
मौसमिवद्हरुका अनुसार आगामी बुधवारदेखि नेपालमा मनसुन बाहिरिने र त्यसपछि धानबाली समेत सहजै भित्र्याउन सकिनेछ। साथै हालै आएको अविरल वर्षाका कारण भएको बाढी तथा पहिरोको क्षति तथ्याङ्क सङ्कलन पनि प्रभावकारी रुपमा गर्नुपर्ने उनले जोड दिए।
डा. उप्रेतीले आगामी दिनमा पनि पश्चिमी वायुको प्रभाव घटेसँगै ठूला वर्षा र विपद् आउने सम्भावना कम हुने आशा व्यक्त गरे।












