सुनचाँदीको मूल्यमा फेरि उछाल, सुन तोलामा रु ७,२०० र चाँदी रु १६५ ले बढ्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुनचाँदीको मूल्यमा फेरि उछाल, सुन तोलामा रु ७,२०० र चाँदी रु १६५ ले बढ्यो

काठमाडौ । स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

बिहीबारको तुलनामा छापावाल सुन प्रतितोला ७,२०० र चाँदी प्रतितोला १६५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ७०० कायम भएको छ। त्यसैगरी चाँदीको मूल्य प्रतितोला ४ हजार ६१५ निर्धारण गरिएको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० र चाँदी प्रतितोला ४ हजार ४५० मा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार एक औँस सुन ४,१७९ अमेरिकी डलर तथा चाँदी ६२ अमेरिकी डलर मा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ। लगातार बढ्दो मूल्यका कारण सुन खरिद गर्ने उपभोक्ताले थप खर्च व्यहोर्नुपर्ने अवस्था बनेको छ।