संवैधानिक परिषद्को बैठक आज, निर्वाचन आयोगमा नियुक्ति मुख्य एजेन्डा

User Image Prime TV News २ हप्ता अगाडि
Image of संवैधानिक परिषद्को बैठक आज, निर्वाचन आयोगमा नियुक्ति मुख्य एजेन्डा

काठमाडौ । प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन शाहले शुक्रबार अपराह्न ५ बजेका लागि संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन्।

परिषद् सचिवालय स्रोतका अनुसार बैठकको मुख्य एजेन्डा निर्वाचन आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिसम्बन्धी विषय रहेको छ। यसबाहेक अन्य एजेन्डा भने अन्तिम टुंगो लाग्ने क्रममा रहेको जनाइएको छ।

बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि संवैधानिक परिषद्को बैठक दोस्रोपटक बस्न लागेको हो। यसअघि परिषद्को बैठक प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि बसेको थियो। संवैधानिक निकायहरूमा रिक्त पदपूर्तिलाई सरकारले प्राथमिकतामा राखेको बताइँदै आएको छ।