कांग्रेस इतर पक्षको बैठक खड्का निवासमा, राष्ट्रिय भेलाबारे छलफल

User Image Prime TV News २ हप्ता अगाडि
Image of कांग्रेस इतर पक्षको बैठक खड्का निवासमा, राष्ट्रिय भेलाबारे छलफल

काठमाडौ । नेपाली कांग्रेसको इतर पक्षका शीर्ष नेताहरूको बैठक नेता पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा जारी छ।

बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारी तथा शीर्ष नेताहरू सहभागी छन्। यद्यपि, नेता डा. शेखर कोइराला भने बैठकमा उपस्थित छैनन्। बैठकमा काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने विषयमा निर्णय गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

साथै, खड्काले हालै संस्थापन पक्षलाई पठाएको सातबुँदे जवाफबारे पनि छलफल भइरहेको बताइएको छ। कांग्रेसभित्र पछिल्लो समय संगठनात्मक विषय र आन्तरिक रणनीतिलाई लिएर इतर पक्ष सक्रिय देखिएको छ। यसअघि उक्त समूहले सातै प्रदेशमा प्रदेशस्तरीय भेला आयोजना गरेर पार्टीभित्र आफ्ना धारणा र एजेन्डाबारे छलफल गरेको थियो।

आजको बैठकलाई आगामी राजनीतिक रणनीति र संगठनात्मक गतिविधि तय गर्ने महत्वपूर्ण छलफलका रूपमा हेरिएको छ।