सरकारको १०० दिन: सुशासनमा प्रगति भएको दाबी

User Image Prime TV News २ हप्ता अगाडि
Image of सरकारको १०० दिन: सुशासनमा प्रगति भएको दाबी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सुरुवाती १०० दिनमा सुशासन र नागरिक सेवामा उल्लेखनीय ध्यान दिएको दाबी गरेका छन्।

सिंहदरबारमा सञ्चारकर्मीसँग सरकारको १०० दिनको समीक्षा गर्दै लामिछानेले सरकारले नागरिक केन्द्रित नीति र सेवा सुधारलाई प्राथमिकतामा राखेको बताएका हुन्। उनका अनुसार सुशासनको क्षेत्रमा सरकारको ध्यान बढेको छ भने सेवा प्रवाहलाई डिजिटल, होम डेलिभरी तथा झन्झट कम गर्ने दिशामा पहल सुरु भएको छ।

उनले विकास निर्माणका ठूला आयोजना तत्काल देखिने खालका नहुने भएकाले यसको प्रभाव केही समयपछि मात्र स्पष्ट हुने बताए। “भौतिक पूर्वाधारका कामलाई तीन वर्षे योजनामा अघि बढाइएको छ, त्यसको नतिजा देखिन समय लाग्छ,” उनले भने।

लामिछानेले सरकारको प्रारम्भिक चरणलाई “सकारात्मक सुरुवात” भन्दै तत्काल देखिने केही कामहरू पनि निरन्तर भइरहेको उल्लेख गरे। साथै, आगामी दिनमा सरकार अझ परिपक्व ढंगले अघि बढ्ने र सञ्चारमाध्यम, नागरिक समाज तथा विज्ञहरूका सुझाव समेटिने प्रतिबद्धता पनि व्यक्त गरे।