सरकारको सय दिने कार्यकालप्रति मिश्रित प्रतिक्रिया, सुशासनको प्रशंसा, कार्यशैली सुधार्न सुझाव

User Image Prime TV News २ हप्ता अगाडि
Image of सरकारको सय दिने कार्यकालप्रति मिश्रित प्रतिक्रिया, सुशासनको प्रशंसा, कार्यशैली सुधार्न सुझाव

काठमाडौ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारको सय दिने कार्यकालबारे बुद्धिजीवी, कानुनविद् र नागरिक समाजका प्रतिनिधिहरूले मिश्रित प्रतिक्रिया दिएका छन्।

शनिबार माइतीघर मण्डलामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ले आयोजना गरेको समीक्षा कार्यक्रममा वक्ताहरूले सरकारका केही कामको प्रशंसा गर्दै सुधार आवश्यक रहेको बताएका हुन्।

ऋषि धमलाले सरकारको सुशासन र भ्रष्टाचारविरोधी अभियान सकारात्मक रहेको टिप्पणी गर्दै सरकारले आफ्नो सय बुँदे प्राथमिकतामध्ये करिब एकतिहाइ काम सम्पन्न गरेको छ भने शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार क्षेत्रमा सुधारका संकेत देखाएको टिप्पणी गरेका छन् ।

कार्यक्रममा दिनेश त्रिपाठीले भने सरकारको कडा आलोचना गरे। उनले वर्तमान सरकार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीकै बाटोमा हिँडेको आरोप लगाउँदै समयमै नसच्चिए मुलुकमा अर्को विद्रोह हुन सक्ने चेतावनी दिए।

वरिष्ठ अधिवक्ता गान्धी पण्डितले सुकुम्बासी व्यवस्थापनमा सरकारको कमजोरी देखिएको टिप्पणी गरे। पर्याप्त अध्ययन, अनुसन्धान र वैकल्पिक व्यवस्थाबिना सुकुम्बासी हटाउँदा विवाद उत्पन्न भएको उनको भनाइ थियो। यद्यपि समग्र रूपमा सरकारले सकारात्मक सुरुआत गरेको उनले बताए।