विश्वकपमा सर्वाधिक गोलकर्ताको दौडमा मेसीसँगै एमबाप्पे शीर्ष स्थानमा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । किलियन एमबाप्पे चालु विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा लियोनल मेसीसँगै संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन्।
एमबाप्पेले प्रतियोगितामा आफ्नो सातौँ गोल गर्दै सर्वाधिक गोलकर्ताको दौडमा मेसीको बराबरी गरेका हुन्। उनले पाँच खेलमा सात गोलसँगै दुई असिस्ट पनि गरेका छन्। अर्जेन्टिनाका कप्तान मेसीले भने चार खेलमै सात गोल पूरा गर्दै शीर्ष स्थान कायम राखेका छन्।
सर्वाधिक गोलकर्ताको सूचीमा अर्लिङ हालान्ड र ह्यारी केन समान पाँच–पाँच गोलसहित तेस्रो स्थानमा छन्। हालान्डले तीन खेलमै पाँच गोल गरेका छन् भने केनले चार खेलमा पाँच गोल गरेका हुन्।
त्यसैगरी, पाँचौँ स्थानमा ओसमान डेम्बेले, मिकेल ओयारजाबाल, भिनिसियस जुनियर र इस्माइला सार रहेका छन्। उनीहरूले समान चार–चार गोल गरेका छन्। डेम्बेले र भिनिसियसको नाममा समान दुई–दुई असिस्ट रहेको छ भने ओयारजाबाल र सारले एक–एक असिस्ट गरेका छन्।







