टेरामक्स खरिद भ्रष्टाचार मुद्दा : प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित तीन जना दोषी ठहर

User Image Prime TV News २ हप्ता अगाडि
Image of टेरामक्स खरिद भ्रष्टाचार मुद्दा : प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित तीन जना दोषी ठहर

काठमाडौ । विशेष अदालतले टेरामक्स प्रणाली खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई दोषी ठहर गरेको छ।

अदालतले पूर्वअध्यक्ष दिगम्बर झालाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। साथै सार्वजनिक संस्थाको प्रमुख पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै थप ६ महिना कैद सजाय सुनाइएकाले उनले कुल १ वर्ष कैद सजाय भोग्नुपर्ने भएको छ।

यस्तै, पूर्वसदस्य धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ।

अदालतका अनुसार उनीहरूले टेरामक्स प्रणाली खरिदका क्रममा अनिवार्य रूपमा गर्नुपर्ने सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा लागत अनुमानजस्ता कानुनी प्रक्रिया पूरा नगरी बदनियतपूर्ण रूपमा खरिद प्रक्रिया अघि बढाएका थिए। सोही आधारमा उनीहरूलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको हो।