नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।
राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा सहयोग पुग्ने तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यसहित मौद्रिक नीति ल्याइने राष्ट्र बैंकले संकेत गरेको छ।
यस नीतिमार्फत बैंकिङ क्षेत्र, कर्जा प्रवाह, ब्याजदर तथा समग्र अर्थतन्त्रसँग सम्बन्धित नीतिगत व्यवस्था सार्वजनिक हुने अपेक्षा गरिएको छ।







