प्रधानमन्त्री बालेन्द्र शाह र एडीबी अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता

User Image Prime TV News २ हप्ता अगाडि
Image of प्रधानमन्त्री बालेन्द्र शाह र एडीबी अध्यक्ष मासातो कान्दाबीच भेटवार्ता

काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दाबीच मंगलबार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा आपसी सहकार्य, विकास साझेदारी तथा नेपालका प्राथमिकताका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि कुनै विदेशी कूटनीतिज्ञसँग एक्लै गरेको यो पहिलो औपचारिक भेट हो। यसअघि भने उनले विदेशी प्रतिनिधिमण्डलसँग सामूहिक रूपमा भेटघाट गर्दै आएका थिए। नेपाल भ्रमणमा रहेका एडीबी अध्यक्ष कान्दाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।