नेप्सेमा २४.५७ अंकको सुधार, कारोबार रकम ४ अर्ब ४० करोड नाघ्यो
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २४.५७ अंकले बढेर २,६५१.६८ विन्दुमा पुगेको छ।
आज ३५२ कम्पनीको सेयर कारोबार भएकोमा २१० कम्पनीको सेयरमूल्य बढेको छ भने ५७ कम्पनीको सेयरमूल्य घटेको छ। दिनभरमा ९५ लाख १९ हजार ४५२ कित्ता सेयर ४ अर्ब ४० करोड ७ लाख ५३ हजार रुपैयाँमा खरिद–बिक्री भएको छ। यो कारोबार रकम सोमबारको तुलनामा करिब २४ प्रतिशतले बढी हो।
आज सूचीकृत सबै समूहका परिसूचक हरियालीमा रहे। सबैभन्दा बढी व्यापार समूहको परिसूचक १.८९ प्रतिशतले वृद्धि भएको छ। कारोबारका क्रममा कालङ्गा हाइड्रो, राष्ट्रिय वाणिज्य बैंकको डिबेञ्चर र सानीगाड हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्।
यता आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, सिटिजन बैंकको डिबेञ्चर तथा स्नो रिभर्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्।







