दसैँपछि पहिलो दिनको सेयर कारोबारमा बजार ओरालो, सूचक ५८ अंकले घट्यो
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । दसैँ बिदापछि खुलेको पहिलो दिनको सेयर बजारमा तीव्र गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक मंगलबार ५८.५५ अंकले घट्दै २६०४.९६ बिन्दुमा झरेको हो ।
बिदाअघिको अन्तिम कारोबारमा नेप्से ११.५१ अंकले बढ्दै २६६३.५१ बिन्दुमा पुगेको थियो। त्यसको तुलनामा बजारले आज स्पष्ट गिरावट देखाएको हो।
आजको कारोबारमा जम्मा १६ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने २३५ कम्पनीको मूल्य घटेको छ। कुल ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ नेपालको सेयर बजार हालसम्मको उच्च विन्दु ३१९९.०३ नजिक पुग्ने आशामा लगानीकर्ता प्रतीक्षारत छन्।
त्यसयता बजारले विभिन्न समयहरूमा उच्च बिन्दु नजिक पुग्ने प्रयास गरे पनि दीर्घकालीन स्थायीत्व कायम हुन सकेको छैन।गएको वर्ष साउन ३१ गते नेप्से ३०००.८१ बिन्दु र हालै साउन १३ गते ३००२.०८ बिन्दुमा पुगेको थियो, तर त्यसपछि बजार फेरि ओरालोतिर लागेको देखिन्छ।







