विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा, आठ टोली उपाधि दौडमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा, आठ टोली उपाधि दौडमा

काठमाडौ । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ। बुधबार बिहान कोलम्बिया र स्विट्जरल्यान्डबीच भएको अन्तिम–१६ को खेल सकिएसँगै अन्तिम आठ टोलीको टुङ्गो लागेको हो।

यस चरणमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड, अर्जेन्टिना र स्विट्जरल्याण्डले स्थान बनाएका छन्। अब यी टोलीबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।

क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल जुलाई १० मा नेपाली समयअनुसार राति १ः४५ बजे सुरु हुनेछ। यस्तै, स्पेन र बेल्जियमबीचको खेल जुलाई ११ मा राति १२ः४५ बजे हुनेछ।

नर्वे र इंग्ल्याण्ड जुलाई १२ को बिहान २ः४५ बजे आमनेसामने हुनेछन् भने अर्जेन्टिना र स्विट्जरल्याण्डबीचको अन्तिम क्वार्टरफाइनल खेल सोही दिन बिहान ६ः४५ बजे सुरु हुनेछ। विश्वकप उपाधिको दौडमा रहेका आठ टोलीमध्ये अब चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।