आज पनि घट्यो सुन–चाँदीको मूल्य

User Image Prime TV News १ हप्ता अगाडि
Image of आज पनि घट्यो सुन–चाँदीको मूल्य

काठमाडौ । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर दुई लाख ८७ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रतितोला चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला चार हजार ५५५ रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभावका कारण नेपाली बजारमा पनि सुन–चाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको छ।