सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

User Image Prime TV News १ हप्ता अगाडि
Image of सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौ । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप पाँच दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार अनुसन्धानका लागि म्याद थपको माग गर्दै पौडेललाई विशेष अदालतमा उपस्थित गराएको थियो। न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

योसँगै पौडेलको म्याद चौथोपटक थपिएको छ। अदालतको आदेशअनुसार उनलाई अनुसन्धान अवधिभर न्यायिक हिरासतमा राखिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरणका अभियुक्त दीपक भट्टसँग भएको आर्थिक कारोबारको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ। विभागले उक्त कारोबारका विभिन्न पक्षबारे प्रमाण संकलन र बयान लिने कार्य जारी राखेको छ।