ओली र लेखकविरुद्ध जाहेरी अनुसन्धानका लागि आयोगमा पठाइयो
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध दर्ता भएको जाहेरी थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ।
सुदन गुरुङलगायत जेनजी समूहले गत जेनजी आन्दोलनमा दमनकारी भूमिका खेलेको आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्न मंगलबार जाहेरी दिएका थिए। प्रहरीले उक्त जाहेरी आफैं दर्ता नगरी आयोगको कार्यक्षेत्र पर्ने भएकाले छानबिनका लागि त्यहाँ पठाएको छ।
जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि वढ्ने छ ।







