बालमन्दिर जग्गा हिनामिना प्रकरण: अनुसन्धानका लागि तीन जना पक्राउ

User Image Prime TV News १ हप्ता अगाडि
Image of बालमन्दिर जग्गा हिनामिना प्रकरण: अनुसन्धानका लागि तीन जना पक्राउ

काठमाडौ । नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा अनुसन्धान अघि बढाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन जनालाई पक्राउ गरेको छ।

सीआईबीका अनुसार बुधबार राति पक्राउ पर्नेमा ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ रहेका छन्। उनीहरूलाई बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

सीआईबीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ। अनुसन्धानका क्रममा प्राप्त हुने प्रमाण र तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ। यस प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ गरिएका व्यक्तिमाथि अनुसन्धान भइरहेको छ। अदालतबाट दोष प्रमाणित नभएसम्म उनीहरू कानुनी रूपमा आरोपित मात्र मानिन्छन्।