जेनजी प्रतिनिधिहरूको स्पष्टोक्ति: अक्टोबर ८ र ९ मा कुनै सडक आन्दोलन हुने छैन

User Image Prime TV News ११ महिना अगाडि
Image of जेनजी प्रतिनिधिहरूको स्पष्टोक्ति: अक्टोबर ८ र ९ मा कुनै सडक आन्दोलन हुने छैन

काठमाडौ । जेनजी पुस्ताका अगुवाहरूले अक्टोबर ८ र ९ मा सडक आन्दोलनको कुनै योजना नरहेको स्पष्ट पारेका छन्। मंगलबार मृतक र घाइतेहरूको तर्फबाट जाहेरी दर्ता गराउन जिल्ला प्रहरी परिसर, काठमाडौँ पुगेका उनीहरूले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरू शान्तिपूर्ण मार्गमै अडिग रहेको जनाए।

जेनजी अगुवा ओजस्वी थापाले भने, “हामी देशमा रक्तपात चाहँदैनौँ। हाम्रो आन्दोलनको उद्देश्य सरकारलाई कानुन कार्यान्वयन गराउन दबाब दिनु हो, राजनीतिक दलहरू घरभित्रै बसेर सहयोग गरून्।”

उनले सरकार, प्रहरी प्रशासन र सम्बन्धित निकायहरूलाई कानुन कार्यान्वयनमा दृढता देखाउन आग्रह गरे। यसअघि विभिन्न माध्यमबाट अक्टोबर ८ र ९ मा जेनजी आन्दोलनले सडक तताउने भन्ने चर्चा चले पनि नेतृत्व तहबाट आएको स्पष्टोक्तिले ती अड्कलबाजीहरूलाई खारेज गरेको छ ।