निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्न तयारी, असोज ३० गते बैठक तय
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । आसन्न प्रतिनिधिसभा चुनावका सन्दर्भमा आलोचना बढ्दै गएपछि निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्न बैठक बोलाउने तयारी गरेको छ।
आयोगले यही असोज ३० गते दिउँसो ११:३० बजे प्रमुख दलहरूलाई छलफलका लागि आमन्त्रण गर्ने तयारी गरेको हो। निर्वाचन कार्यक्रम सार्वजनिक भएलगत्तै राजनीतिक वृत्तमा आयोगले राजनीतिक दलहरूसँग पर्याप्त संवाद नगरेको भन्ने आरोप उठ्दै आएको थियो।
दलहरूसँग पूर्वसमन्वयबिना तालिका घोषणा गरिएको भन्दै आलोचना भइरहेका बेला आयोगले संवाद प्रक्रिया अघि बढाएको हो।







