गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डीआईजी नेतृत्वमा समिति गठन

User Image Prime TV News १ हप्ता अगाडि
Image of गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डीआईजी नेतृत्वमा समिति गठन

काठमाडौ । गणेश नेपालीको आत्मदाह प्रयास र त्यससँग सम्बन्धित घटनाको छानबिन गर्न नेपाल प्रहरीले डीआईजीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

शुक्रबार प्रतिनिधिसभामा जानकारी दिँदै गृहमन्त्री सुधन गुरुङले प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताएका हुन्। गृहमन्त्री गुरुङका अनुसार समितिले घटनाका सम्पूर्ण पक्षको अनुसन्धान गरी प्रतिवेदन सरकारलाई बुझाउनेछ।

उनले छानबिन तथा सोधपुछका लागि काठमाडौं महानगरपालिकाका तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको जानकारी पनि दिए। मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका थिए।

उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा उनको निधन भएको थियो। उक्त घटनापछि सरकारको भूमिका र जिम्मेवारीबारे व्यापक सार्वजनिक तथा राजनीतिक बहस भइरहेको छ।