बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको उपचारका क्रममा निधन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा निधन भएको छ।
राउतको वीर अस्पतालमा उपचार भइरहेका बेला मृत्यु भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन्। प्रहरीका अनुसार शनिबार बिहान उनले आफ्नै घरको भान्साकोठामा शरीरमा आगो लगाएका थिए।
घटनापछि उनलाई गम्भीर अवस्थामा उद्धार गरी वीर अस्पताल लगिएको थियो। उपचारमा संलग्न प्लास्टिक सर्जरी विशेषज्ञ डाक्टर पियूष दाहालका अनुसार राउतको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो।
गम्भीर अवस्थाका कारण सघन उपचारका क्रममा उनको मृत्यु भएको डाक्टर दाहालले जानकारी दिएका छन्। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।







