कीर्तिपुरको होल्डिङ सेन्टरबाट जेनजी अगुवा माजिद अन्सारी पक्राउ
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । डुबान प्रभावित सुकुम्बासीहरूको अवस्था बुझ्न कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका जेनजी अगुवा माजिद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ।
डुबानबाट प्रभावित परिवारसँग भेट्न पुगेका अन्सारी र उनको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रत्यक्षदर्शीका अनुसार प्रहरीले अन्सारीलाई बल प्रयोग गर्दै प्रहरी भ्यानमा राखेर घटनास्थलबाट लगेको थियो।
घटनाप्रति नेपाल जेनजी मुभमेन्ट अलायन्सले गम्भीर आपत्ति जनाएको छ। अलायन्सले शान्तिपूर्ण रूपमा प्रभावित नागरिकको अवस्था बुझ्न पुगेका व्यक्तिलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रताविरुद्धको कदम भएको भन्दै तत्काल रिहाइको माग गरेको छ।
प्रहरीले भने पक्राउको कारणबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।







