डा. प्रकाशशरण महतले विराटनगर पुगेर डा. शेखर कोइरालासँग गरे भेट

User Image Prime TV News १ हप्ता अगाडि
Image of डा. प्रकाशशरण महतले विराटनगर पुगेर डा. शेखर कोइरालासँग गरे भेट

काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीका नेता डा. शेखर कोइरालासँग भेट गर्न विराटनगर पुगेका छन्।

शनिबार विराटनगरस्थित कोइराला निवासमा पुगेर डा. महतले डा. कोइरालासँग भेटवार्ता गरेका हुन्। नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चर्किरहेका बेला भएको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

देउवा समूहका पूर्वपदाधिकारीहरूको शुक्रबार बसेको बैठकले साउन ६ गते बीपी स्मृति दिवसका अवसरमा छुट्टै कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो। सो कार्यक्रममा डा. शेखर कोइरालालाई पनि सहभागी गराउने तयारी गरिएको छ।

यसै विषयमा जानकारी दिन र कार्यक्रमबारे छलफल गर्न डा. महत विराटनगर पुगेको बताइएको छ। डा. महतले पनि आफूले विराटनगर पुगेर डा. कोइरालासँग भेट गरेको पुष्टि गरेका छन्।