दुर्गा प्रसाईं विमानस्थलबाट नियन्त्रणमा, प्रहरीले निवाससम्म पुर्यायो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईलाई प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर निवाससम्म पुर्याएको छ।
झापाबाट काठमाडौ आएका प्रसाईंलाई विमानस्थलमै नियन्त्रणमा लिइएको हो। प्रसाईले विमानस्थलमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको सूचना पाएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार विमानस्थल परिसर निषेधित क्षेत्र भएकाले त्यहाँ कुनै पनि प्रकारको भेला, प्रदर्शन वा सार्वजनिक कार्यक्रम गर्न अनुमति छैन।
उनले भने, “विमानस्थलभित्र जिल्ला सुरक्षा समितिले कुनै पनि किसिमको प्रदर्शन र भेला गर्न नपाइने निर्णय गरेको छ। सोही निर्णयअनुसार त्यहाँ भेला गर्न नदिइएको हो।”
प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएपछि आवश्यक प्रक्रिया पूरा गरी निवाससम्म पुर्याएको जनाएको छ।







