सुकुम्बासीको उचित व्यवस्थापनको माग गर्दै माइतीघरमा प्रदर्शन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सुकुम्बासीको उचित व्यवस्थापनको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा आज प्रदर्शन गरिएको छ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको आयोजनामा भएको प्रदर्शनमा सुकुम्बासी तथा विभिन्न सरोकारवाला सहभागी भएका थिए। प्रदर्शनकारीहरूले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै तत्काल दीर्घकालीन र सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न माग गरेका छन्।
उनीहरूले हालै केही व्यक्तिलाई पक्राउ गरिएको घटनाप्रति पनि विरोध जनाएका छन्। पक्राउ परेकाहरूलाई बिना सर्त तत्काल रिहा गर्नुपर्ने उनीहरूको माग छ।







