धरानमा एमालेको बहिष्कारबीच मेयर साम्पाङद्वारा बजेट पारित भएको घोषणा


काठमाडौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का जनप्रतिनिधिहरूको बहिष्कारका बीच आर्थिक वर्ष २०८२र८३ को बजेट पारित भएको घोषणा गरेका छन्।
कार्यपालिका बैठकमा एमालेका प्रतिनिधिहरू अनुपस्थित रहे पनि मेयर, उपमेयर र केही वडाध्यक्षसहित ११ जना सदस्यको सहभागितामा बजेट पारित गरिएको मेयर साम्पाङले जनाएका हुन्।
तर, उपमहानगरपालिकाका प्रवक्ता मनोज भट्टराईले बजेटबारे छलफल अझै जारी रहेको जानकारी दिएका छन्। “आजको बैठकको विषयमा छलफल भइरहेको छ। अब के गर्ने भन्ने विषयमा निर्णय पछि खुल्छ,” उनले भने।
एमाले नगर कार्यदलका प्रमुख सचेतक अनुप देवान र धरान–१० का वडाध्यक्ष विवेक राईले बजेट पुनर्लेखन गरेर प्रस्तुत गर्नुपर्ने माग राख्दै पाँचबुँदे ज्ञापनपत्र बुझाएका थिए। तर, उक्त मागलाई मेयरले बेवास्ता गरेका हुन्।
धरान उपमहानगरपालिकामा जम्मा २० वडा छन्। तीमध्ये एमालेले १० वटा, नेपाली कांग्रेसले ७ वटा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २ वटा, र नेकपा माओवादी केन्द्रले १ वडा र उपमेयर पद जितेका छन्।
बजेट पारित प्रक्रिया विधिसम्मत भयो कि भएन भन्ने विषयमा अन्योल देखिएको छ। राजनीतिक सहमतिबिना पारित भएको बजेटलाई लिएर पुनः कार्यपालिका र नगरसभामा पेश गर्नुपर्ने सम्भावनासमेत देखिएको छ।