देशका पश्चिमी भूभागमा वर्षाको प्रभाव, पूर्व र तराईमा आंशिक बदली

User Image Prime TV News ३ महिना अगाडि
Image of देशका पश्चिमी भूभागमा वर्षाको प्रभाव, पूर्व र तराईमा आंशिक बदली

काठमाडौ । पश्चिमी वायुको सक्रिय प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पश्चिमी भूभागमा बिहानदेखि मौसम बदली रही कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भागमा मनसुनी वायु तथा स्थानीय हावाको कमजोर प्रभाव रहँदा तराई क्षेत्र र पूर्वतिर आंशिक बदली मात्र देखिएको छ।

दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा पर्न सक्ने अनुमान छ। त्यस्तै, अन्य प्रदेशका एकदुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

राततिर मौसम क्रमशः सफा हुँदै जाने अनुमान गरिएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा पर्न सक्नेछ भने बाँकी देशमा मुख्यतया आकाश सफा रहनेछ।