रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच लगातार दुई दिन छलफल

User Image Prime TV News १ हप्ता अगाडि
Image of रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच लगातार दुई दिन छलफल

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच लगातार दुई दिन लामो छलफल भएको छ।

रास्वपा स्रोतका अनुसार शनिबार र आइतबार दुवै नेताबीच समसामयिक राजनीतिक विषयमा विस्तृत कुराकानी भएको हो। स्रोतका अनुसार छलफलमा मन्त्रिपरिषद् पुनर्गठन, प्रधानमन्त्रीको सचिवालयलाई थप प्रभावकारी बनाउने तथा सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका विषयमा विशेष रूपमा विचार–विमर्श भएको छ।

रास्वपाका एक शीर्ष नेताका अनुसार केही मन्त्री परिवर्तन गर्ने विषयमा पनि छलफल भएको छ। साथै सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन र व्यवहारिक योजना तयार गर्ने विषयमा समेत दुवै नेताबीच गहन संवाद भएको बताइएको छ।

यद्यपि, छलफलबारे प्रधानमन्त्रीको सचिवालय र रास्वपाले औपचारिक रूपमा कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।